१२ श्रावण २०८३, मंगलबार 1785290374
समाज

वैदेशिक रोजगारीको लागि ग्रीस पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीको लागि ग्रीस पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शनिबार धादिङको नेत्रावती गाउँपालिका वडा नम्बर ५ घर भई हाल भक्तपुर मध्यपुर थिमि वडा नम्बर ९ बस्ने २९ वर्षीय सुदिप सापकोटा रहेका छन् । दुई लाख ४० हजार रकम लिई वैदेशिक रोजगारीमा नपठाइ झुक्यानमा पारेका थिए ।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि ग्रीस लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्क विहीन भएको भन्दै पीडितले दिएको जाहेरीका आधारमा सापकोटालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले बताए । उनलाई काठमाडौँको वडा नम्बर १५ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ ।