२१ भदौ २०८३, आइतबार 1788696141
Banner

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ। 

बैठक बिहान ११ बजे बस्ने भएको छ। केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको संगठनात्मक कामको ‘रिर्पोटिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

केन्द्रीय कमिटीको बैठकमा यसअघि सचिवालय र पोलिटब्युरो बैठकबाट पारित विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ। विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारी पदमा रहने यसअघिको व्यवस्थालाई हटाइएको छ।

यसैगरी, पार्टीमा स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी गरी तीन तहको संरचना हुने प्रस्ताव गरिएको छ।  एमालेको केन्द्रीय कमिटी ३५७ सदस्यीय हुने व्यवस्था छ।