काठमाडौँ । पार्टी विधानका विषयमा छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको छ । बैठकस्थलमा सञ्चारकर्मीहरूलाई जान दिइएको छैन । बैठक हलबाहिर समेत फोटो पत्रकारलाई जान दिइएको छैन ।
सुरक्षाका कारण भन्दै केन्द्रीय सदस्य बाहेक अरू सबैलाई बाहिर सडकमै रोकिएको छ । फोटो पत्रकार तथा अन्य सञ्चारकर्मीहरूलाई अरू बेला बैठक हलबाहिर सम्म जान दिने गरिएको थियो ।


