१२ श्रावण २०८३, मंगलबार 1785297908
समाज

नेपाल प्रहरीको एसपीमा ११ जना बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि ११ जनाको नाम सिफारिस भएको छ । प्रहरी  नायब उपरीक्षक (डीएसपी) हरूबाट ११ जनालाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको हो ।

बढुवा समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीद्वारा जारी विज्ञप्तिका अनुसार डीएसपीहरू अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पञ्जियार थारु, महेन्द्र नेपाल, रूपक खड्का, प्रेमसागर केसी, डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वरप्रसाद साह, सुनिल मल्ल र दीपक खड्का एसपी बढुवाका लागि सिफारिसमा परेका छन् ।