२० श्रावण २०८३, बुधबार 1785958107
Banner

सर्बिया र स्लोभाकिया पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

साउन ५ गते । प्रहरीले विदेश पठाइ दिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । गोरखा बारपाक सुलिकोट गापा ४ घर भई हाल काठमाडाैँ १५ बस्ने २९ वर्षीया जुनु राना थापा मगरलाई पक्राउ गरेको छ । उनले स्लोभाकिया पठाइ दिने भन्दै पीडितबाट तीन लाख १० हजार ठगी गरेको जनाएको छ । 

त्यसै गरी सर्बिया पठाइ दिने भन्दै १८ लाख ठगी गर्ने सुदिप कुमार यादवलाई समेत पक्राउ गरी कारबाही अघि बढाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिनुभयो । बर्दिया गुलरिया नपा  २ घर भई हाल काठमाडाैँ ३२ बस्ने ३३ वर्षीया यादवले पीडितबाट ठगी गरेको उजुरी पनि उनलाई पक्राउ गरी कारबाही सुरु गरेको जनाएको छ । 

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन पारी रोजगारीका लागि अमेरिका पठाउने भनी लामो समयसम्म झुक्यानमा राखी उनले सो रकम ठगी फरार भएको थियो ।