बुटवल । पञ्चकन्या ग्रुपले रुपन्देहीको सियारीमा नेपालकै ठूलो यूपीभीसी उद्योग ‘पञ्चकन्या डिमेक्स’ सञ्चालनमा ल्याएको छ ।

उद्योगबाट उत्पादित यूपीभीसीका झ्याल–ढोका एक वर्षदेखि बिक्रीवितरण गर्दै आएको कम्पनीले सोमबार औपचारिक रुपमा आफ्ना चार ब्राण्डका उत्पादन सार्वजनिक गरेको हो ।
उद्योगले पञ्चकन्या डिमेक्स, निओ प्लास्ट, टोनिस र साल यूपीभीसी प्रोफाइलको अफिसियल लञ्च गरेको हो । जसमा उद्योगले २० वर्ष वारेन्टी समेत दिएको छ ।
आफ्नै स्वामित्वको २ बिघा जग्गामा ८० करोड लगानी गरी सञ्चालन भएको यो उद्योग नेपालकै ठूलो यूपीभीसी उद्योग हो । उद्योगले हाल ६५ जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको उद्योगका अध्यक्ष उज्ज्वलकुमार श्रेष्ठले जानकारी दिए ।


