धनगढी । कैलालीमा रुखले च्यापिएर एक वृद्धाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका– १० उदासीपुर वेताल टोलकी ७० वर्षीया अनारकली चौधरीको रुखले च्यापिएर मृत्यु भएको हो ।
बुधबार बिहान अन्दाजी साढे ५ बजे चौधरी घरबाट करिब १०० मिटर टाढा रहेको शौचालयमा शौच गर्न भनी गइरहेकी थिइन् । शौच गर्न जाने क्रममा घरनजिकै रहेको अस्नाको रुख ढलेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो।


