४ आश्विन २०८१, शुक्रबार 1726866200
Banner

३० पालिकाको नतिजा सार्वजनिक : १३ मा एमाले, ९ मा कांग्रेस विजयी

काठमाडौं । स्थानीय तह निर्वाचनमा अहिलेसम्म ३० स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये १३ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ भने नेपाली कांग्रेसले ९ वटा स्थानीय तहमा जित हात पारेको छ। त्यस्तै माओवादी केन्द्रले ६ वटा र एकीकृत समाजवादीले २ वटा पालिकामा जित हात पारेका छन्।

यी हुन् विजेता- नाम र मतसहित 

नेकपा एमाले–१३

१. धावा सन्दुक गुरुङ, शे फोक्सुन्डोगापा डोल्पा (निर्विरोध)

२. लोप्साङ छोम्पेल विष्ट, लोघेकर दामोदर कुण्डगाउँपालिका (मुस्ताङ) ६ सय ८९ मत

३. लोकेन्द्रबहादुर घले, चामेगापा (मनाङ) ३ सय २० मत

४. कान्छा घले, ङिस्याङगापा (मनाङ)  ८ सय ६१ मत 

५. रिन्जिननाम्ग्याल गुरुङ, वारागुङ मुक्तिक्षेत्रगापा (मुस्ताङ) ८ सय ७६ मत

६.  टसी न्हर्वु गुरुङ लोमन्थाङ गाउँपालिका (मुस्ताङ) ६ सय ६८ मत

७. मिङमा छिरी शेर्पा खुम्बु पासाङ ल्हामु गाउँपालिका (सोलुखुम्बु) २ हजार २८ मत

८. मानविर बोहरा साइपाल गाउँपालिका (बझाङ) ६ सय ७५ मत

९. प्रकाश ओझा नवलपुरको बौदीकाली गाउँपालिका

१०. थलरा गाउँपालिका बझाङ

११. थासाङ गाउँपालिका- मुस्ताङ

१२. वेगप्रसाद गर्वुजा म्याग्दी मालिका गाउँपालिका
१३. यादवबहादुर खापुङ तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका

नेपाली कांग्रेस – ९

१. कोञ्जो तेञ्जिङ लामा, नार्पाभूमिगापा (मनाङ)  १ सय ५८ मत

२. मोहनसिंह लालचन, घरपझोङ गापा (मुस्ताङ) ७ सय ६० मत 

३. धनबहादुर गुरुङ–  नासो गापा (मनाङ) ८ सय २० मत

४. इन्द्रबहादुर कार्की  गन्यापधुरा गाउँपालिका  (डलेलधुरा) ३ हजार ३८४

५. खिलध्वज पन्थी रेसुङ्गा नगरपालिका  (गुल्मी) ८हजार ६१४ मत

६० सरोज थापा गुल्मीदरवार गाउँपालिका (गुल्मी) ६ हजार १६६ मत

७. भैरवबहादुर साउँद बडीकेदार गाउँपालिका (डोटी) २३४३ मत

८. कर्णबहादुर रावल खार्पुनाथ गाउँपालिका (हुम्ला) १८ सय १० मत

९. तमानखोला गाउँपालिकामा, बागलुङ

माओवादी  केन्द्र ६

१. जगदुल्ला गाउँपालिका- डोल्पा

२. नौमुले गाउँपालिका- दैलेख

३. ताराखोला गाउँपालिका, बागलुङ

४. अपिहिमाल गाउँपालिका, दार्चुला

५.ऋषिकेशव बुढामगर रोल्पाको थवाङ गाउँपालिका
६. अरूणादेवी राई खोटाङ जन्तेढुंगा गाउँपालिका

नेकपा एकीकृत समाजवादी -२

१. अंगदकुमार राना, काईकेगापा (डोल्पा) निर्विरोध

२. सेनाङ गुरुङ, छार्का ताङसोङगापा (डोल्पा) निर्विरोध