७ जेष्ठ २०८३, बिहिबार 1779366368
Banner

ज्योति विकास बैंकले मनायो १७औँ वार्षिकोत्सव

काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १७औँ वार्षिकोत्सव सम्पन्न गरेको छ। प्रधान कार्यालयको प्रांगणमा आयोजित वार्षिकोत्सव समारोहको सभापतित्व बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका थिए ।

सहज पहुँच भएको बृहत वित्तीय सेवा तथा सूचना प्रवाहमार्फत समस्त नागरिकहरूको जीवनमा सार्थक र साश्वत समृद्धि ल्याउने मूल उद्धेश्यका साथ वि.सं. २०६५ सालको श्रावण ९ गते स्थापना भएको ज्योति विकास बैंक आज शुक्रबार, गौरवमय १७ वर्षको सफल यात्रा पूरा गरी १८औँ वर्षमा प्रवेश गरेको छ।

बैंकले वार्षिकोत्सवको दिन एआई च्याटबट “ज्योति” सार्वजनिक गरेको छ, जसले सरल इन्टरफेस र भाषिक विकल्पमार्फत ग्राहकहरुलाई बैंकिङ जानकारीमा सहज पहुँच र तुरुन्तै जानकारी प्राप्त गर्ने सुविधा प्रदान गर्नेछ। त्यस्तै, बैंकले इन्टरनेट टेलर क्यूआर सेवा सुरू गरेको छ। यस सेवामार्फत खाता नभएका व्यक्तिहरुले पनि आफ्नो बैंकको मोबाइल बैंकिङ एप वा खल्ति वालेट प्रयोग गरी ज्योति विकास बैंकका शाखाबाट सहज रूपमा नगद झिक्न सक्नेछन्।

वार्षिकोत्सवको अवसरमा, बैंकले “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत विविध गौरवपूर्ण सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको घोषणा तथा सम्झौता समेत गरेको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो । जसमा करिब ५५ जना कर्मचारी, ग्राहक र अन्य सर्वसाधारणले रक्तदान गरेका थिए । साथै, बैंकले वार्षिकोत्सवको अवसरमै निशुल्क स्वास्थ्य तथा आँखा जाँच शिविर पनि सम्पन्न गरेको छ । कार्यक्रममा १० वर्ष तथा १५ वर्षदेखि अनवरत रूपमा कार्यरत रही योगदान दिएका कर्मचारीहरूलाई सम्मानित गरिएको थियो ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।