२७ भदौ २०८३, शनिबार 1789231641
समाचार

सवारी दुर्घटनामा नमोबुद्धका पूर्वमेयर गम्भीर घाइते

काठमाडौं।  स्कुटर दुर्घटनामा परी नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टंक प्रसाद तिमल्सिना टिपी शर्मा गम्भीर घाइते भएका छन्। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटनमा परी उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

नमोबुद्ध नगरपालिका–२ बिस किलोस्थित बिपि राजमार्ग सडकखण्डमा नार्केबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६२ प ३५७८ नं. को स्कुटरले बिपरित दिशाबाट आउँदै गरेको बा.प्र. ०३–०२–००७ प ८८०० नं. को स्कुरटलाई ठक्कर दिँदा ७२ वर्षीय शर्मा गम्भीर घाइते भएका हुन्।

प्रहरीका अनुसार नमोबुद्ध –२ का ४६ वर्षीय किशोर तिमल्सिनाले चलाएको स्कुटरमा बुबा शर्मा पछाडि सवार थिए। घाइते शर्माको उपचारको लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। स्कुटरचालक तिमल्सिना सामान्य घाइते भएको छ।