१९ बैशाख २०८३, शनिबार 1777756515
खेलकुद

एनपीएलको अक्सन साउन २४ मा हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन आगामी साउन २४ गते हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले दर्ता प्रक्रिया सम्पन्न भएको जनाएको छ ।

दोस्रो संस्करणको लागि खेलाडी दर्ता प्रकृया यहि जुलाई १२ देखि २२, २०२५ सम्म खुल्ला गरिएको थियो ।

क्यानका अनुसार कुल ४५८ नेपाली क्रिकेटरले नाम दर्ता गरेका छन् । दर्ता भएका खेलाडीहरुको विवरण आठ फ्रेन्चाइज टोलीलाई उपलब्ध गराइनेछ ।

आठ वटै टोलीले रिटेन्सन लिस्ट सार्वजनिक गरिसकेका छन् ।