४ आश्विन २०८१, शुक्रबार 1726889570
Banner

म्याङलुङ नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेको जीत

काठमाडौं । तेह्रथुमको म्याङलुङ नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ ।

मेयर पदमा एमालेका सञ्जयकुमार तुम्बाहाङ्फे ५ हजार ११७ मत सहित निर्वाचित भएका छन् ।

सोमवार बिहान सार्वजनिक परिणाममा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनबहादुर तुम्बाहाङ्फेलाई उनले पराजित गरेका हुन् ।

कांग्रेसका तुम्बाहाङ्फेले ४ हजार ४७८ मतमात्रै पाएका छन् । उपमेयरमा एमालेकै जमुनादेवी सुवेदी ५ हजार २१० मतसहित निर्वाचित भएकी छन् ।

उनका प्रतिद्वन्द्वी कांग्रेसकी पार्वती सानु डाँगीले ४ हजार ४१४ मत पाएकी छन् ।