२७ भदौ २०८३, शनिबार 1789232463
Banner

टिप्परसँगै भेरी नदिमा बेपत्ता भएका तीनै जनाको शव फेला

रुकुम पश्चिम — टिप्परसहित भेरी नदिमा बेपत्ता भएका चालकसहित तीनै जनाको शव फेला परेको छ। गत मंगलबार साँझ रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१४ पीपलचौरस्थित जाजरकोट–डोल्पा भेरी कोरिडोर सडकखण्डबाट वडा नम्बर ११ चिसापानी हुँदै छपोरेतर्फ जाँदै गरेको यति बिल्डर्सको रा १ क १५०१ नम्बरको टिप्पर भेरी नदिमा खसेको थियो।

दुर्घटनामा परेर बेपत्ता भएका रुकुम पश्चिम सानीभेरी गाउँपालिका–४ का ३३ वर्षीय धनवीर विक, दाङका ३५ वर्षीय चालक मनिराम चौधरी र रुकुम पूर्व सिस्ने गाउँपालिका–८ स्यालापाखाका २० वर्षीय जेसीभी हेल्पर हरि विकको शव सुर्खेत आसपासको नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार शवहरूलाई आफन्तहरूले पहिचान गरिसकेका छन्।