७ जेष्ठ २०८३, बिहिबार 1779380879
Banner

झारखण्डको देवघरमा बस र ट्रक ठोक्किँदा १८ तीर्थयात्रीको मृत्यु

काठमाडौं, १३ साउन । झारखण्डको देवघरमा बस र ट्रकको ठोक्किँदा १८ जना तीर्थयात्रीको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार बिहान भएको दुर्घटनामा १८ जना तीर्थयात्रीको मृत्यु भएको छ भने दर्जनौं भक्तजन घाइते भएका छन् ।

मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।  स्थानीय प्रहरी प्रशासन उद्धार कार्यमा खटेको छ ।

यसैबीच, भाजपा सांसद निशिकान्त दुबेले १८ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटर (एक्स)मा लेखेका छन्– मेरो लोकसभा निर्वाचन क्षेत्रको देवघरमा श्रावण महिनामा कंवर यात्राको क्रममा बस र ट्रक ठोक्किँदा १८ जना भक्तजनको मृत्यु भएको छ । बाबा वैद्यनाथ जीले उनीहरूको परिवारलाई यो क्षति सहन सक्ने शक्ति प्रदान गरून् ।