भोजपुर — भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरेर बागी उठेका दौलथ कुलुङ साल्पासिलिछो गाउँपालिकामा विजयी भएका हुन् ।एमालेले शान्ति अधिकारीलाई टिकट दिएपछि विद्रोह गरेर अध्यक्षमा उठेका उनले निवर्तमान गाउँपालिका अध्यक्ष महेश राईलाई २८ मतान्तरले पराजित गरे ।
विजयी भएका कुलुङले १८ सय १४ मत ल्याउन सफल भए । उनका निकटतम प्रतिद्वन्द्वी महेश राईले १७ सय ८६ मत ल्याए । अर्कातिर तेस्रो भएको एमालेका अधिकारीले १३ सय ८३ मत मात्रै ल्याउन सफल भए ।
उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी अस्मिता कुलुङ १८ सय ६२ मतसहित विजयी भइन् । स्वतन्त्र उठेपछि उनलाई बागी दिएको आरोपमा एमालेले पार्टीबाटै निष्कासित गरेको थियो । तर, उनैले निवर्तमान अध्यक्ष र एमालेका शान्ति अधिकारीलाई हराइदिएका हुन् ।