सर्लाही । सर्लाहीको बागमती नगरपालिका वडा नम्बर १२ स्थित पर्यटकीय स्थल भरत तालमा एक महिलाको शव फेला परेको छ । बुधबार दिउँसो ती महिलाको शव फेला परेको हो ।
स्थानीयले तालमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक बलिस्टार सिंहले शव फेलाको खबरसँगै घटनास्थलमा प्रहरी टोली खटाइएको बताएका छन् ।
हरिवन इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक चन्द्र अधिकारीको नेतृत्वमा घटनास्थलमा प्रहरी टोली पुगेर तालबाट ती महिलाको शव निकालेको छ । महिलाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शव शङ्कास्पद देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


