१६ बैशाख २०८३, बुधबार 1777504113
Banner

प्रधानमन्त्री ओली तुर्केमिनिस्तान भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तुर्केमिनिस्तान जाने भएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो तुर्केमिनिस्तान भ्रमणबारे जानकारी गराएका हुन् ।

उनी यही साउन १८ गते तुर्केमिनिस्तान जाने भएका हुन् ।

राष्ट्रियसभामा उनले भने, ‘हिमालमाथि प्रतिकूल असर भइरहेको छ यसलाई बचाउन चुनौती छ । सगरमाथा संवाद गर्‍यौँ विश्वको ध्यान खिच्यौँ । अस्तिभरखर पनि म स्पेन गएँ यीनै विषयमा, साझा विषयमा कसरी सँगै लड्ने भनेर धाराणा राख्यौँ । फेरि तुर्केमिनिस्तान जाँदैछु ।’

प्राकृतिक रुपमा भएको क्षतिलाई कसरी कम गर्दै लैजाने भन्नेबारे विश्वका विभिन्न मन्चमा आफ्नो कुरा स्पष्ट राख्ने उनले बताए । विकासशील राष्ट्र भइसकेपछि दिगो विकास गन्तव्य पूरा गर्न लाग्नुपर्ने चुनौती रहेको उनले बताए ।