५ भदौ २०८३, शुक्रबार 1787324043
Banner

कांग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन्। मुख्यमन्त्री बहादुर सिंह लामाले दलको नेताको हैसियत गुमाएपछि आज भएको निर्वाचनमा बानियाँ २२ मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी लामा १४ मतमै रोकिए।

निर्वाचनमा खसेका ३७ मतमध्ये एक मत बदर भएको थियो। बागमती प्रदेशसभामा नेपाली कांग्रेसका कुल ३७ सांसद छन्।