काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माले उनलाई थुनामा पठाउन आदेश गरेका हुन् ।
उनीविरुद्ध एक महिलाले बलात्कार आरोपमा मुद्दा दर्ता गरेकी थिइन् । ४ साउनमा पक्राउ परेका झालाई अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।


