२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 5:47 am
अर्थ

दरमखोला हाइड्रो इनर्जीको आईपीओ निष्कासन

सूचना प्रेस २०८२ श्रावण १५ बिहिबार ००:००, ०९:४५ बजे १ मिनेट पढाइ

काठमाडौं, १५ सउान । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि २९ लाख १९ हजार ५ सय कित्ता आईपीओ जारी गरेको छ । यसअघि कम्पनीले गत जेठ २० गते प्रति शेयर १०० रुपैयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैयाँबराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

यसअघि नै कम्पनीले कुल जारी पुँजीको १०/१० प्रतिशत शेयर आयोजना प्रभावित र वैदेशीक रोजगारीमा रहेकाहरुला लागि निष्कासन गरिसकेको छ । सर्वसाधारणले यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै लगानीकर्ताले मेरो शेयरबाट समेत आवेदन दिन सक्नेछन् । आईपीओ खरिदका लागि लगानीकर्ताले छिटोमा साउन १९ गते र ढिलोमा साउन २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।