४ आश्विन २०८१, शुक्रबार 1726863668
पालिका

मन्त्री आलेको गृहपालिकामा एमालेका उम्मेदवार पुन: निर्वाचित

धनगढी- पर्यटनमन्त्री प्रेमबहादुर आलेको गृहक्षेत्र डोटीको जोरायल गाउँपालिकामा नेकपा एमालेको पुरानौ टीम दोहोरिएको छ।

अध्यक्षमा दुर्गादत्त ओझा ३ हजार ४४९ मत र उपाध्यक्ष जमुनाकुमारी रोकायाले ३ हजार ५९९ मत जितेका हुन्। ओझाका निकटतम प्रतिद्वन्द्वी कांग्रसेका दीपककुमार विष्टले तीन हजार ४१२ ल्याए।एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी खोलेर सरकारमा गएका मन्त्री आलेको पार्टीका किरण मल्लले १ हजार ६५९ मत ल्याए। कांग्रेसकी चन्द्राकुमारी साउदले ३ हजार ५१७ र माओवादीकी प्रेमाकुमारी ओलीले एक हजार ३१७ मत मात्रै ल्याए। पालिकामा एकीकृत समाजवादी र माओवादीले गठवन्धन गरेका थिए।