३ भदौ २०८३, बुधबार 1787189255
Banner

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत प्राप्त

कैलाली- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गर्नुभएको छ।

प्रदेश सभा सुदूरपश्चिम प्रदेश छैठौ अधिवेशन बैठक संख्या २० को आज माननीय मुख्यमन्त्री कमलबहादुर शाहले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम सभाबाट विश्वासको मत प्राप्त गर्न सुदूरपश्चिम प्रदेश सभा नियमावली २०८० को नियम १४९ को उपनियम (४) बमोजिम विश्वासको मत माग्नु भएको थियो ।

सभामा उपस्थित ४५ जनामध्ये ३० जना पक्षमा र १५ जना विपक्षमा मतदान गरेका छन् । एकजना नागरिक उन्मुक्तिले पक्षमा मतदान गरेका छन।प्रदेश सभामा नेपाली काङ्ग्रेस १८ एमालेका ११ जना सभासद रहेका छन्।