३ भदौ २०८३, बुधबार 1787171119
Banner

भरतपुरमा रेनु ३३ मतले पछाडि

हेटौंडा : भरतपुर महानगरपालिकामा नेकपा एमालेका विजय सुवेदीकाे अग्रता कायमै छ। माओवादीकी रेनु दाहाललाई ३३ मतले पछि पार्दै सुवेदीले अग्रता लिएका हुन्। 

११ हजार ७ मतगणना हुँदा सुवेदीकाे ३ हजार ८३८ मत छ। दाहालले ३ हजार ८०५ मत ल्याएकी छिन्। त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पाैडेलकाे पनि मत बढिरहेकाे छ। उनले एक हजार ५११ मत ल्याएर तेस्राे स्थानमा रहेका छन्। 

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी चार हजार ३५२ मत सहित अग्रता लिएका छन् भने दाेस्राेमा रहेकी राप्रपाकी हिमला गुरुङकाे दुई हजार ९९८ मत रहेकाे छ।