२६ जेष्ठ २०८३, मंगलबार 1781069495
अर्थ

चार दशकपछि ब्युँत्याइयो ‘बेठी’

साउन १७ गते । धनकुटाको महालक्ष्मी नगरपालिका–२ का यत्नबहादुर कटुवालको खेतमा धान रोप्दा यो पटक बेग्लै रौनक थियो । बर्खामा धान रोपाइँ गर्न सबै रोपाहार, बाउसे, जोताहा समस्या हुने गरेकामा यो पटक सो समस्या भोग्नु परेन । अझ उत्साहका साथ गाउँले भेला भए, खेत जोत्न, बाउसे गर्न, रोपाइँ गर्न सघाए । यो सबैको कारण थियो कटुवालले रोपाइँमा बेठी लगाउनु । 

लोप हुँदै गएको बेठी परम्पराले सबै गाउँलेलाई आकर्षण ग¥यो र कटुवाललाई खेत रोपाइँ सहज मात्रै भएन गाउँलेलाई निकै रमाइलोसमेत भयो । गाउँभरिका मान्छे भेला भएर रोपाइँसँगै नौमती बाजा बजाएर कोही असारे भाकामा दोहोरी खेलिरहेका थिए त कोही हिलो खेल्दै रोपाइँ गरिरहेका थिए । 

कटुवालले करिब ५५ रोपनीमा धान खेती गर्दै आउनुभएको छ । उहाँले बेठी लगाएको दिन २५ रोपनी खेत एकैदिनमा रोपाइँ भयो । सामान्यतया २५ रोपनी खेत रोपाइँ गर्न करिब एक हप्ता लाग्ने गरेकोमा यो पटक बेठीको कारण एक दिनमै रोपाइँ सकिएको कटुवाल बताउनुहुन्छ । बेठी लगाएको दिन नौ हल गोरु, एक सयभन्दा बढी रोपाहार र बाउसे भेला भएको कटुवालको भनाइ छ । “बेठीका कारण रोपाइँ निक्कै सहज भयो, आधा खेत एकै दिनमा रोपियो, बाँकी अलिअलि गर्दै रोपियो । अघिल्ला वर्षमा हुने कामदार समस्या सामना गर्नु परेन । रमाइलो भएपछि सबै स्थानीय भेला भई निःस्वार्थ सहयोग आदानप्रदान भयो,” कटुवाल भन्नुहुन्छ । 

धनकुटाको महालक्ष्मीमा मात्र नभई जिल्लामै करिब चार दशकपछि बेठी लागेको हो । कटुवालसहित स्थानीय पदम श्रेष्ठ र खोजबहादुर श्रेष्ठले समेत बेठी लगाई खेत रोपाइँ गर्नुभयो । जिल्लामा असार १५ मा बेठीको झल्को दिने गरी गरिने कार्यक्रमबाहेक कृषकले बेठी लगाउने परम्परा अन्त्य भएको थियो तर यो वर्षबाट यहाँ पुनः बेठी परम्परा सुरु भएको हो । जग्गा बाँझिने क्रम बढ्दै गएकाले रोपाइँमा उत्साह ल्याउन तथा लोपोन्मुख परम्परा जोगाउन बेठी लगाइएको पदम श्रेष्ठ बताउनुहुन्छ । 

गाउँमा एकै वर्ष तीन वटा बेठी लाग्दा गाउँले पनि निकै उत्साही थिए । महालक्ष्मी नगरपालिका–२ का वडाध्यक्ष तथा स्थानीय पदम रखाल भन्नुहुन्छ, “यो वर्षको रोपाइँ रोपाइँ जस्तो नभएर चाडपर्व जस्तै गरी बित्यो किनकि गाउँमा बेठी लागेको थियो, बेग्लै उल्लास थियो ।” 

धनकुटा लेगुवाका दुर्गा पुरी बेठीले पुरानो परम्परा जोगाउन मद्दत गरेको बताउनुहुन्छ । पछिल्ला पुस्तामाझ बिरानो बन्दै गएको बेठी एक सिकाइको माध्यम बन्ने उहाँको भनाइ छ । 

विरोधका कारण हराएको बेठी 

करिब चार दशकअघिसम्म बर्खा लागेसँगै धनकुटाका गाउँहरूमा बेग्लै रौनक हुन्थ्यो । गाउँभरिका मान्छे भेला भई बेठी लगाउने चलन थियो । धनकुटालगायत आसपासका जिल्लामा जेठबाट रोपाइँ सुरु भएर साउनसम्म हुने गरेको छ तर रोपाइँमा पहिले पहिले जस्तो नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने ‘बेठी’ परम्परा अहिले देखिन छाडेको धनकुटा नगरपालिका वडा नम्बर ५ का ज्येष्ठ नागरिक भोलानाथ घिमिरे बताउनुहुन्छ । 

बेठी लगाउने परम्परा हराउनुको पछाडि अनौठो कारण छ । पहिले पहिले मुखिया, जिम्मावाल, बाबुसाहेब आदिको रोपाइँमा बेठी लगाउने चलन थियो । त्यसताका कसैलाई ज्याला दिइँदैनथ्यो । खाजाका भरमा दिनभर काम गर्नुपर्ने चलन भए पनि समाजमा बिस्तारै आर्थिक, सामाजिक चेत फैलिँदै गएपछि ज्याला र अन्य सुविधाको माग हुन थाल्यो । किसानले हुनेखानेको रमाइलोका रूपमा बेठी परम्परालाई अथ्र्याउन थाले र व्रmमशः समाजबाट बेठी लगाउने प्रथाको अन्त्य भएको धनकुटाको साँगुरीगढी गाउँपालिका–३, कुसेटारका स्थानीय कृष्णगोविन्द ढुङ्गाना बताउनुहुन्छ । गोप