११ आश्विन २०८३, आइतबार 8:52 pm
Banner

नारायणी पुलमा आवतजावत बन्द हुँदा हजारौँ यात्रु अलपत्र

काठमाडौँ स् नारायणी पुलमा आवतजावत बन्द हुँदा हजारौँ यात्रु प्रभावित भएका छन्। बाढीले बगाएको क्रुजसिप पुलमुनि अड्किएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै पुलमा आवगमन बन्द गरिएको छ।

अचानक पुल बन्द हुँदा आफ्नो गन्तव्यमा हिँडेका सयौँ सवारीसाधन र हजारौँ यात्रुहरू रोकिएका छन् । भरतपुरको नारायनगढतर्फ र नवलपुरको गैडाकोटतर्फ यात्रु र पुल हेर्न आउनेको भिड छ।