१६ बैशाख २०८३, बुधबार 1777497547
Banner

माधवको राजीनामा माग्दै झलनाथले भने– पार्टी हाक्ने योग्यता र क्षमता पनि रहेनछ

काठमाडौं, १७ साउन । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालको राजीनामा मागेका छन् । नेता खनालले एक अन्तर्वार्तामा अध्यक्ष नेपालको राजीनामा मागेका हुन् ।

पार्टीको वैचारिक र सांगठनिक कमजोरीको सम्पूर्ण जिम्मेवारी अध्यक्ष नेपालमाथि लगाउँदै खनालले तत्काल पदबाट हट्न सार्वजनिक रूपमा आग्रह गरेका छन् । “तपाईंले यो पार्टी हाक्न सक्नुभएन, पार्टी हाक्ने योग्यता र क्षमता पनि रहेनछ” खनालले भनेका छन् ।

यसअघि शुक्रबार अध्यक्ष नेपालले खनाललाई पार्टीबाट बिदा हुन सुझाव दिएका थिए । खनालले नेकपा (एमाले) देशकै ठूलो कम्युनिस्ट शक्ति भएकोले त्यसलाई विभाजन गर्नु र छाड्नु गल्ती भएको अभिव्यक्ति दिएपछि नेपालले खनाललाई पार्टी छोड्न भनेका थिए ।