काठमाडौं, १८ साउन । लामो समयदेखि पानी नपरेर सुख्खा भएको मधेशमा प्रदेशमा पछिल्लो २४ घण्टामा मध्यमदेखि भारी वर्षा भएको छ । मध्य मनसुनमै खडेरी परेपछि सरकारले नै मधेशलाई सुख्खा तथा संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सिराहाको हाइड्रो केन्द्रमा १०१.६, लहान केन्द्रमा ७७.२, गोलबजार केन्द्रमा ५२.८, मिलिमिटर वर्षा मापन गरिएको छ ।
यसैगरी, महोत्तरीको गौशालामा ५८ मिलिमिटर वर्षा मापन गरिएको छ भने सर्लाहीको परवानीपुरमा ४८.४, धनुषाको हर्दिनाथमा ४७, तुलसी केन्द्रमा ४७.८, कल्यानपुरमा ४९.४, बरमझिया केन्द्रमा ९३, रुपनी बजार केन्द्रमा ८२ मिलिमिटर वर्षा भएको विभागले जानकारी दिएको छ ।
महाशाखाका अनुसार, आज राति देशभर साधारणतया बदली रहनेछ भने मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेश लगायत बाँकी तराई भू–भागका धेरै स्थान तथा पहाडी भू–भागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।


