तनहुँ । मुग्लिन–पोखरा सडकखण्डस्थित तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ऐनापहरानजिक बस दुर्घटना भएको छ । गोरखाबाट नारायणगढ जाँदै गरेको ग २ ख १०७७ नम्बरको बस आइतबार सडकबाट १५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय,आँबुखैरेनीका इन्चार्ज प्रहरी निरीक्षक देवप्रसाद सुवेदीले जानकारी दिए ।
दुर्घटनामा पाँचजना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर छ । घाइतेहरूलाई आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।


