काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गत असारमा गएको बाढी,पहिरोले केरुङ नाका अवरुद्ध हुँदा नेपाल आउने सबै कन्टेनर रोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक बर्तौलाले रसुवागडी केरुङ नाका अवरुद्ध भएका कारण तातोपानी नाकामा चाप परेको बताए। तातोपानी नाकाबाट प्रत्येक दिन आठ/दश वटा कन्टेनर नेपालतर्फ आउने जाने अवस्था रहेको उनको भनाई थियो ।
प्रमुख सचेतक बर्तौलाले भने, ‘चाडपर्व आइरहेको सन्दर्भमा चाइनाबाट नेपालतर्फ ल्याउनुपर्ने समानहरू पनि थोरै मात्रमा भित्रिरहेको अवस्था छ । नेपाल सरकारले चीनसँग आवश्यक रूपमा समन्वय गरेर ३०–३५ कन्टेनर बनाउँदा सहज हुन्छ । त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउँछु ।’ उले केरुङ रसुवागढी नाका छिटो खुलाउनुपर्नेमा समेत जोड दिए ।


