१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 4:13 am
समाचार

जसपा नेपाल सप्तरीको अध्यक्षमा यादव

सूचना प्रेस २०८२ श्रावण २० मंगलबार ००:००, १४:५२ बजे १ मिनेट पढाइ

राजविराज (सप्तरी), २० साउन । जनता समाजवादी पार्टी, नेपाल सप्तरी जिल्लाको अधिवेशनबाट अध्यक्ष पदमा केदारप्रसाद यादव दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । केदार २३५ मत प्राप्त गरी निर्वाचित हुनभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी उमेश यादवले २०५ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा लक्ष्मण यादव र हरेराम यादव निर्वाचित हुनुभएको छ । सचिवमा निरज झा निर्वाचित हुनुभयो । यही १४ साउनदेखि जसपा नेपाल, सप्तरीको अधिवेशन सुरु भएको थियो । अधिवेशनको बन्द सत्रमा सहमति हुन नसकेपछि निर्वाचन भएको हो ।