४ आश्विन २०८१, शुक्रबार 1726863311
पालिका

कोन्ज्योसोमको अध्यक्षमा एमाले विजयी, उपाध्यक्षमा कांग्रेस

काठमाडौँ — ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको अध्यक्षमा एमालेका कृष्णमान लामा विजयी भएका छन्  । उनी ३१०४ मतसहित विजयी भएका हुन् ।

उनले नेकपा माओवादी केन्द्रका गोपिलाल स्याङ्तानलाई हराएका हुन् । स्याङ्तानले २५०९ मत ल्याए । त्यस्तै राप्रपाका मानबहादुर तामाङले १४१ मत ल्याए ।

त्यस्तै उपाध्यक्षमा भने कांग्रेसका राजनप्रसाद घिमिरे विजयी भएका छन् । उनले ३२२७ मत ल्याए । दोस्रो स्थानमा रहेकी एमालेकी रनिता तामाङले २०४८ मत ल्याइन् । राप्रपाकी निर्मला लामाले १४१ मत ल्याइन् । कोन्ज्योसोममा कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो ।