काठमाडौँ : सर्लाहीको हरिपुर्वा नगरपालिका–९ स्थित मिर्चैयामा टायरगाढासँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बा.५ प २२०८ नम्बरको मोटरसाइकल चालक अशोक यादव छन् ।
२१ वर्षीय यादवको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले बताए । खिलागाउँबाट वसन्तपुरतर्फ जाँदै गरेको टायरगाडामा विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल ठोक्किएको हो ।


