६ आश्विन २०८३, मंगलबार 1790116862
समाज

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्ने भएको छ। आज बस्ने बैठकमा केन्द्रीय विभागको प्रगति प्रतिवेदन, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन प्रतिवेदन र समसामयिक राजनीतिक एवं पार्टीका गतिविधिसम्बन्धमा छलफल हुने रास्वपाले जनाएको छ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार बैठकमा विभिन्न १३ बुँदाको एजेण्डामाथि छलफल हुनेछ। बैठकमा पूर्वकेन्द्रीय सदस्यलाई पुनः जिम्मेजारी दिने, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानार्कषण गराउनेदेखि केन्द्रीय विभाग र प्रदेश विभागको नयाँ नियुक्ति सम्बन्धमा छलफल हुने बताइएको छ।