४ आश्विन २०८१, शुक्रबार 1726867975
पालिका

बूढानीलकण्ठ–८ मा नेकपा एमालेको प्यानलै विजयी

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. ८ मा नेकपा एमालेका सुमन तामाङ नेतृत्वको प्यानलै विजयी भएको छ । उनले निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेद्वारलाई ४५४ मतको फराकिलो मतान्तरले पराजित गरेका छन् ।

प्राप्त बूनपा ७ को अन्तिम मत परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार सुमन तामाङ १५२२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका प्रत्यासीले १०६८ मत प्राप्त गरेका छन् ।

वडाध्यक्षमा सुमन तामाङ विजयी हुँदा नेकपा एमालेकै महिला वडा सदस्यमा मैना पराजुली, दलित महिला सदस्यमा गोमा मंग्रान्ति, खुल्ला सदस्यहरुमा विनोद थापा र सविन अधिकारी निर्वाचित भएका छन् ।