४ आश्विन २०८१, शुक्रबार 1726874787
Banner

संसद्को वर्षे अधिवेशन आजदेखि

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको अधिवेशन मङ्गलबारदेखि सुरु हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २५ गते अधिवेशन आह्वान गर्नुभएको थियो । मन्त्रिपरिषद्ले सोही दिन नै सिफारिस गरेको थियो ।

बैठक मङ्गलाबार दिनको ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बोलाइएको छ ।
सभामुख सापकोटाले मङ्गलबार दिउँसो २ः३० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको छ । अघिल्लो बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधका बाबजुुद अमेरिकी सहयोग परियोजना (एमसिसी)लगायतका केही विषयलाई भने प्रतिनिधिसभाले निष्कर्षमा पु¥याएको थियो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले नै कार्यसूची लगायतका विषयमा निर्णय गर्नेछ ।

वर्षे अधिवेशन पनि भएकाले सरकारको नीति तथा कार्यक्रम र बजेटसमेत यसै अधिवेशनमा प्रस्तुत हुनेछ । सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र वाचन गर्ने सम्भावित कार्यसूची छ ।

त्यस्तै, सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्नुहुनेछ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ पेस गर्नुहुनेछ ।

त्यस्तै, अर्थमन्त्री जनार्दन शर्माले ‘आव २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।