२० आश्विन २०८३, मंगलबार 10:32 am
Banner

पशुपति आर्यघाटमा दाहसंस्कारका लागि लगिएको शवको हड्डी बेचेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । पशुपति आर्यघाटमा दाहसंस्कारका लागि लगिएको एक शवको हड्डी चोरी गरी बिक्री गरेको आरोपमा दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार आर्यघाटमा जलाउँदै गरिएको शवबाट हड्डी निकालेर बिक्री गरेको आरोपमा पक्राउ परेकामध्ये एकजना घाटे पुरोहित (बाहुन) र अर्का दाउरा व्यवस्थापनमा संलग्न व्यक्ति रहेका छन्।

पीडित परिवारका सदस्यहरूले शवको मासु र हड्डी चोरी गरी बिक्री गरिएको आशंका गर्दै प्रहरीमा उजुरी दिएका थिए। प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका दुवैले आरोप स्वीकार गरेको प्रहरीले जनाएको छ।

उनीहरूले ती हड्डी अघोरी साधुहरूलाई बिक्री गरेको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।