१० श्रावण २०८३, आइतबार 1785111143
Banner

मदन भण्डारी फाउन्डेसन ठगीखाने भाँडो बनेको छ: प्रधानमन्त्री ओली

काठमाडौं-प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन ठगीखाने भाँडो बनेको आरोप लगाउनुभएकाे छ।

सोमबार एमाले केन्द्रीय पार्टी कार्यालय च्यासलमा मदन आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रमलाई च्यासलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली यस्तो बताउनु भएकाे हाे।

‘पार्टीले नै पुष्पलाल र मनमोहन लगायत अन्य प्रतिष्ठान स्थापना गर्‍यो। पहिला पहिला प्रधानमन्त्री भएपछि भ्याउँदैन भनेर चेन्ज गर्ने छँदै थियो । पछि केही व्यक्तिहरूले त्यो त्यतिकै व्यक्तिगत बनाएको छ, व्यक्तिको हो कि परिवारको हो जस्तो,ओलीले भन्नुभयाे, ‘परिवर्तनको पक्षमा लाग्ने होइन कि व्यक्तिको ठगी खाने भाँडो भन्ने कि। त्यो पार्टीका नाममा बनाइएको संस्था हो।’

प्रधानमन्त्री ओलीले पार्टीका संस्था सामूहिक हुनुपर्ने पनि बताउनुभयाे। उहाँले सबै पार्टीप्रति निष्ठावान हुनुपर्ने भन्दै संस्थालाई व्यक्तिगत जस्तो बनाउनु उचित नभएको समेत उल्लेख गर्नुभयाे।।

‘यस्तो खालको हुनुहुँदैन, सबै संस्थाहरू पार्टीप्रति, आन्दोलनप्रति निष्ठावान हुनुपर्दछ,’ प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘आफ्नो व्यक्तिगत संस्थाका रुपमा प्रयोग गर्ने अनि त्यसलाई आन्दोलनको अहित हुनेगरी प्रयोग गर्ने कुराहरु उचित होइनन्।’