१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 1:41 am
Banner

ढोरपाटन नगरपालिका प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी

सूचना प्रेस २०७९ जेष्ठ ३ मंगलबार ००:००, ११:२६ बजे १ मिनेट पढाइ

बागलुङ। बागलुङको ढोरपाटन नगरपालिका प्रमुखमा दोस्रो पटक नेकपा एमालेका उम्मेदवार देवकुमार नेपाली निर्वाचित हुनुभएको छ । गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका चन्द्र अर्याललाई ६ सय मत अन्तरले पराजित गर्दै पुनः नगरपालिका प्रमुखमा निर्वाचित हुनुभएको हो । 

नेपालीले ५ हजार ७३५ मत प्राप्त गर्दा अर्यालले ५ हजार १३५ मत प्राप्त गर्नुभएको थियो । उपप्रमुखमा पाँच दलित गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका धनबहादुर कायत विजयी हुनुभएको छ । उहाँले राष्ट्रिय जनमोर्चा विद्रोही समुहका उम्मेदवार ताराकुमारी पुनलाई पराजित गर्नुभएको थियो । 

कायतले ५ हजार ६५० मत प्राप्त गर्नुभएको थियो । पुनले चार हजार ४८४ मत प्राप्त गर्नुभएको थियो । ढोरपाटन नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको विद्रोही समुहले चुनावी एकता गरेका थिए । 

ढोरपाटन नगरपालिका वडा– १ को अध्यक्षमा नेपाली कांग्रेसका बानबहादुर छन्त्याल, वडा–२ मा राष्ट्रिय जनमोर्चाका भेकबहादुर खत्री,  वडा–३ मा नेकपा एमालेका खिमबहादुर सुनार, वडा–४ मा  नेकपा एमालेका तिलक पुन (जनमोर्चा विद्रोही),  वडा–५ मा एमालेका दिपेन्द्र पुन, वडा– ६ मा नेकपा एमालेका उमेश कुमार बुढा मगर, वडा– ७ मा राष्ट्रिय जनमोर्चाका धनबहादुर अदै, वडा– ८ मा माओवादी केन्द्रका भद्रमणी सुनार र वडा– ९ मा नेकपा एमालेका खीमबहादुर घर्ती मगर विजयी हुनुभएको छ ।