सुनसरी- सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन घरको परेको छ ।

निर्माणाधीन अवस्थामा रहेको घरमा काम गर्दै आएका दुहबी–२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राईको शव फेला परेको सुनसरीका प्रहरी नायक उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो । दुहबी–४ शिव मन्दिर चोकमा चन्द्रिका रौनियारको नयाँ घर निर्माण भइरहेको थियो ।
मृतकमध्ये एक जना पेटी ठेकेदार र अर्का कामदार भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


