काठमाडौँ । रक्षामन्त्री मानवीर राईले ०८३ भित्रै काठमाडौँ-तराई मधेस द्रुतमार्गको काम सकिनेमा आशङ्का व्यक्त गरेका छन् । बिहीबार सिंहदरबारमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री राईले अहिले सरकार फास्ट ट्र्याकमा केन्द्रित रहेको र नेपालमा अन्तर्राष्ट्रिय स्तरको बाटो बनिरहेको बताए ।
अन्य देशहरूमा जमिन सरकारको नाममा हुने भएकाले कुनै समस्या नहुने तर नेपालमा व्यक्तिको नाममा जमिन हुँदा विभिन्न अवरोधहरू हुने गरेको उल्लेख गरे । मन्त्री राईले नेपाली सेना जुनसुकै कालखण्डको सरकारमा पनि सरकारप्रति अनुशासित ढङ्गले अघि बढिरहेको बताए ।


