४ आश्विन २०८१, शुक्रबार 1726867219
पालिका

धादिङको गल्छीमा एमालेका खतिवडा निर्वाचित

धादिङ — गल्छी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका केदारनाथ खतिवडा र उपाध्यक्षमा कांग्रेसका भाइकाजी तिवारी विजयी भएका छन् । अध्यक्षमा श्रेष्ठले ७ हजार ३ सय ९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादीका कृष्णहरि श्रेष्ठले ७ हजार ५७  मत प्राप्त गरे ।उपाध्यक्षमा भने गठबन्धनबाट कांग्रेसका तिवारी विजयी ७ हजार ४ सय ९४ मतसहित विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राधा लामिछानेले ७ हजार ४८ मत प्राप्त गरिन् ।

श्रेष्ठ र लामिछाने २०७४ सालको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा विजयी भएका थिए । यस पटक भने दुवै जनाले पराजय भोग्नु परेको छ ।

गाउँपालिकामा तीन दलीय गठबन्धन र नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा थियो ।

वडा नं १ मा एमालेका यदुकुमार खतिवडा, वडा नं २ मा एमालेका सडानन्द खनाल, वडा नं ३ मा माओवादी केन्द्रका राजन भुजेल, वडा नं ४ मा नेपाली कांग्रेसका राजु अधिकारी विजयी भए ।त्यस्तै, वडा नं ५ मा माओवादी केन्द्रका सरोज लामा तामाङ, वडा नं ६ मा नेपाली कांग्रेसका दिपक कुमार कार्की, वडा नं ७ मा एमालेका हरिप्रसाद खतिवडा, वडा नं ८ मा नेपाली कांग्रेसका विशाल लुंगेली मगर विजयी भए ।