२७ भदौ २०८३, शनिबार 1789247907
समाचार

नेपाल युनाइट्सको पाँचौं वार्षिक साधारण सभामा सामाजिक रूपान्तरणका नयाँ प्रतिबद्धता

काठमाडौं। नेपाल युनाइट्सले आफ्नो पाँचौं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथीका रूपमा माननीय प्रतीक्षा तिवारी उपस्थित रहनु भएको थियो।

गत वर्षका गतिविधिहरूको विवरण प्रस्तुत गर्दै संस्थाले विद्यालयहरूमा लिडरशिप तालिम र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको, कोशी प्रदेशमा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको, तिहार र छठ पर्वको अवसरमा धार्मिक सद्भाव प्रवर्द्धन गर्ने नागरिक समाजसँगको सहकार्य कार्यक्रम सम्पन्न गरेको जानकारी दिइयो।

त्यस्तै, मानसिक स्वास्थ्य सम्बन्धी कार्यशाला, दाइजो प्रथा विरुद्ध अभिभावकहरूसँग अन्तरक्रिया कार्यक्रम (मधेश प्रदेश), सप्तरी जिल्लामा संस्थागत विकास कार्यक्रम र अन्तर्राष्ट्रिय स्वयंसेवा कार्यक्रममार्फत नेपालको अर्थतन्त्रलाई सहयोग गर्ने उद्देश्यका साथ गरिएको कार्यहरूबारे प्रतिवेदन प्रस्तुत गरियो।

सभामा संस्थाले आगामी दिनमा सिपमूलक कार्यक्रमलाई प्राथमिकता दिने र फागुन महिनामा Future Leadership Conference आयोजना गर्ने योजनाबारे जानकारी गराएको छ। कार्यक्रममा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै नेपाल युनाइट्सले सामाजिक रुपान्तरणमा युवाको सक्रिय सहभागिता अझै बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।