११ श्रावण २०८३, सोमबार 1785217127
Banner

रुपन्देही उपनिर्वाचनका लागि २६ दल दर्ता

काठमाडौँ, भदौ २ गते । रुपन्देहीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि २६ दल दर्ता भएका छन् । 

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार कात्तिक १७ गते सोमबार हुन गइरहेको रुपन्देही उपनिर्वाचनका लागि साउन २१ गतेदेखि साउन २७ गतेसम्म नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता हुन आएका २७ दलमध्ये २६ दलले मापदण्ड पुरा गरेका छन् ।

आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), मंगोल नेशनल अर्गनाइजेसन, नेपालका लागि नेपाली पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रजातान्त्रिक पार्टी नेपाल, नेकपा माक्र्सवादी (पुष्पलाल), संयुक्त नागरिक पार्टी, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), नेकपा (माक्र्सवादी लेनिनवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल, नेसनल रिपब्लिक नेपाल दर्ता भएका छन् । 

यसैगरी, राष्ट्रिय मातृभूमि पार्टी, नेपाली जनता दल, राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल जनमुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, बहुजन शक्ति पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल आयोगमा दर्ता भएका छन् । 

उहाँकाअनुसार राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम (४) बमोजिम आयोगले सोमबार गरेको निर्णय अनुसार दल दर्ताको ब्यहोरा जानकारी गराइएको छ ।