बागमती : हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–भिमफेदी–सिस्नेरी–काठमाडौँ सडक आज विहानबाट सञ्चालनमा आएको छ ।
सो सडक खण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको सुख्खा पहिरो पन्छाएपछि आज विहान ९ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
सडकमा माथिबाट पहिरो खस्दा गत शनिवार विहानदेखि सडक अबरुद्ध भएको थियो । अबरुद्ध सडकबाट पहिरो हटाउन पछिल्लो दुई दिनदेखिको निरन्तरको प्रयास पश्चयात् सडक सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए। सडक सञ्चालन भएसँगै हेटौँडा–काठमाडौँ आवतजावतमा सहजता भएको छ ।


