काठमाडौं । बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिति तय भएको छ ।

एनपीएल सिजन २ आउँदो नोभेम्बर १७ (मंसिर १ गते) देखि हुने भएको छ ।
बिहीबार सामाजिक सञ्जालमार्फत एनपीएल २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुने जानकारी दिइएको हो । एनपीएलका लागि खेलाडीको मिनी अक्सन केही दिन अगाडि मात्र सम्पन्न भइसकेको छ ।
एनपीएल फर्स्ट सिजनमा जनकपुर बोल्ट्स च्याम्पियन भएको थियो ।


