४ आश्विन २०८१, शुक्रबार 1726884506
Banner

२८ वर्षीय युवा बने डडेल्धुराको परशुराम नगरपालिका प्रमुख

काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिका प्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका भरत बडायर जोशी मेयर पदमा निर्वाचित भएका हुन् । २८ वर्षीय जोशीले माओवादी केन्द्रका शेरसिंह माललाई १३६ मतान्तरले पराजित गरेका हुन् ।

काँग्रेसका नगर सभापति समेत रहेका जोशीले ५ हजार ९४१ ल्याउँदा माओवादी केन्द्रका मालले ५ हजार ८०५ मत पाए । यस्तै नेकपा एमाले र नेपाली काँग्रेस विपीका साझा उम्मेदवार उम्मेदवार एमालेका केशव बोहराले २ हजार ६०६ मत मात्रै पाए ।

उपमेयरमा भने माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रकी विमला महतले काँग्रेस उम्मेदवारलाई पराजित गरेकी हुन् । महतले ५ हजार ८८५ मत ल्याउँदा काँग्रेसकी कलावती बोहराले ४ हजार ५९३ मत मात्र पाइन् ।

परशुरामका १२ वडामध्ये ७ वडामा माओवादी केन्द्र र ५ वडामा काँग्रेस विजयी भएको छ। प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराको परशुराम नगरपालिका जोगाउन काँग्रेस सफल भएको छ ।