१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 5:31 am
Banner

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

सूचना प्रेस २०८२ भदौ १० मंगलबार ००:००, १७:२५ बजे १ मिनेट पढाइ

काठमाडौँ- सांसद ईश्वरीदेवी न्यौपाने प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्विरोध हुनुभएको छ। आज साँझ ४ बजेसम्म राज्य व्यवस्था समितिको सभापतिका लागि न्यौपाने एक जनाको मात्र उमेद्वारी परेपछि उहाँ सभापतिमा निर्विरोध हुनु भएको हो ।

तर यसको औपचारिक घोषणा भने भोलि मात्र हुने छ। समिति सभापतिको निर्वाचन भोलि दिउँसो ३ बजे समिति बैठकमै हुनेछ।

न्यौपानेको मनोनयन दर्ताका लागि प्रस्तावकमा काँग्रेस सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ हुनुहुन्छ । आज दिउँसो संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिए लगत्तै न्यौपानेले राज्य व्यवस्था समिति सभापति पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको थियो ।

न्यौपानेलाई समिति सभापतिको उम्मेदवार बनाउने निर्णय आजै बसेको कांग्रेस पदाधिकारी बैठकले गरेको हो ।