काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । राज्य व्यवस्था सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठक बस्न लागेको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनको प्रक्रियाअगाडि बढाउने कार्यक्रम छ । तर, यो समितिको सभापतिमा सांसद ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भइसकेकी छन् । उनको एकल उमेदवारी परेको छ ।
एकल उमेदवारी परे पनि औपचारिक रूपमा सभापति घोषणा हुन बाँकी छ । सभापति चुन्न ३ बजे समितिको बैठक बस्न लागेको हो । विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामति सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१र०८२ का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


