१३ श्रावण २०८३, बुधबार 1785327241
Banner

पौडी खेल्ने क्रममा डुबेका चारैजना किशोर मृत अवस्थामा फेला परे

धनगढी । कैलालीको गोदावरी नगरपालिका–९ खुटिया खोलामा पौडी खेल्ने क्रममा डुबेका चारैजना किशोर मृत अवस्थामा फेला परेका छन्।

इलाका प्रहरी कार्यालयका मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार ती सबैको शव नदीबाट निकालिएको छ।

मृतकहरूमा धनगढीका १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेब भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १७ वर्षीय प्रतीक चौधरी रहेका छन्।

दिउँसो करिब २ बजेतिर नुहाउन गएका सातजनामध्ये चारजना बेपत्ता भएका थिए।

घटनापछि सशस्त्र प्रहरी बल नं.३४ गण कैलाली, नं. ४३ रिजर्भ गण वनबेहडा र नं.७ वैद्यनाथ वाहिनीबाट खटिएको संयुक्त टोलीले डाइभिङ रेस्क्यू टोलीसहितको सहयोगमा खोजी गर्दै करिब ४ बजेतिर सबै बेपत्ताको शव फेला पारेको हो।​