२७ भदौ २०८३, शनिबार 1789244747
Banner

रास्वपा नेता अरनिको पाँडेलाई २० हजार धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।

शुक्रबार न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उनलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा अनुसन्धानका लागि सो धरौटीमा रिहा गर्न आदेश दिएको हो। पाँडेले बुधबार आफैं साइबर ब्युरोमा उपस्थित भई बयान दिएका थिए। सोही दिन बयान लिएर बिहीबार सरकारी वकिलको कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाइएको थियो।

उनविरुद्ध एक महिलाले आफूलाई जिमेलमार्फत अपशब्द प्रयोग गरी गालीगलौज गरेको आरोप लगाउँदै उजुरी दिएकी थिइन्। सो उजुरी साउन १२ गते साइबर ब्युरोमा दर्ता गरिएको थियो।